अन्तिम मिनेटमा मोसेसले गोल गर्दा पोखरा एनएसएलको शीर्ष स्थानमा रहने पक्का

काठमाडौँ- पोखरा थन्डर्स एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा रहेर प्लेअफ खेल्ने पक्का भएको छ ।
शुक्रबार लिग चरणको अन्तिम खेलमा धनगढी एफसीसँग १-१ गोलको बराबरी खेलेसँगै पोखरा शीर्ष स्थानमा रहने पक्का भएको हो ।
पोखराले ८ खेलबाट १५ अंक जोडेको छ । यता ८ खेलबाट १३ अंक जोडेको धनगढीले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
शुक्रबार मिलन राईले ४२ औँ मिनेटमा गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर मोसेस ट्वुमले ९० औँ मिनेटमा गोल गर्दै पोखरालाई महत्वपूर्ण एक अंक दिलाए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया