मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौँमा राप्रपाकाे प्रदर्शन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।
धर्मका बारेमा मन्त्री किरातीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको भन्दै राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ ले शुक्रबार काठमाडौँको गौशालामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर लगायतका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा राप्रपा काठमाडौँका अध्यक्ष नवराज सिंखडाले मन्त्रीको अभिव्यक्ति भएका कुरा ८१ प्रतिशत हिन्दुको भावनाविपरीत भएको बताए । राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको मागसहित राप्रपाले आन्दोलन गर्न उनले बताए ।
मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको हो ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया