‘दोहोरो भीडन्त बाहेकको हत्या’ भनेर मात्रै गम्भीर मानव अधिकार उल्लंघनको विषय समेटिँदैन : सांसद परियार

काठमाडौँ- नेपाली कांग्रेसका सांसद जीवन परियारले ‘दोहोरो भीडन्त बाहेकको हत्या’ भनेर मात्रै गम्भीर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताएका छन् ।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद परियारले दोहोरो भीडन्त बाहेकको हत्या भनेर मात्रै गम्भीर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताएका हुन् । उनले स्वेच्छाचारीपूर्वक/क्रुरतापूर्वक गरिएको हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनको घटनाको रूपमा लिनुपर्ने बताए ।
त्यसैगरी विगतमै अयोग्य लडाकू भनिएका र राज्यले लोकतान्त्रिक योद्धा भनेर समेत सम्बोधन गरिसकेकाहरूलाई ‘सशस्त्र द्वन्द्वका क्रममा विभिन्न ढंगबाट जोडिएका र प्रभावित भएका व्यक्तिहरू’ भन्ने शब्द राखेर विधेयकमा सहमति जुटाउन सकिने बताए । उनले मानव अधिकार उल्लंघनका घटनामा मेलमिलाप हुन नसकेको अवस्थामा अदालती प्रक्रियामा जान सकिने र सजायको सन्दर्भमा भने अदालतले नै तोक्ने व्यवस्था गर्नुपर्ने बताए ।
सांसद परियारले न्यायाधीश नियुक्तिमा समावेशीकरणको सिद्धान्त लागू नगरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया