इत्तिफाकमाथि अल नासरको शानदार जित

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिफाकलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा एलेक्स टेल्लेज, मार्सेलो ब्रोजोभिक र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरेका थिए ।
त्यस्तै अल इत्तिफाकका लागि एक गोल मोहमद अल कुवायकिबीले गरेका थिए ।
यो अल नासरको यस सिजनमा १३औँ जित हो । १७ खेलमा ४० अंक हासिल गरेको अल नासर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै १८ खेलमा अपराजित रहँदै ५० अंक हासिल गरेको अल हिलाल शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरी अल इत्तिफाकको भने यो यस सिजनमा छैटौं हार हो । १८ खेलमा २४ अंक रहेको अल इत्तिफाक आठौँ स्थानमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया