लक्ष्मी ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न

काठमाडौँ- लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा ग्रुपले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा बालबालिकालाई स्टेशनरी र अन्य सामग्रीहरु वितरण गरेको छ ।
ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ५० जनाभन्दा बढी बाल बालिकालाई उक्त सामग्री वितरण गरेको जनाएको छ ।
हुन्डाई नेपालले हुन्डाई मोटर कम्पनीको ‘मोबिलिटी’ सँग सबैलाई जोड्ने उद्देश्यप्रति एव्यवद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ ।
लक्ष्मी ग्रुप र यस अन्तर्गतका विभिन्न संस्थाले यस अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू आयोजना गरेका छन् ।
लक्ष्मी ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान समेत सञ्चालन गरेको थियो ।
लक्ष्मी ग्रुप अन्तर्गतको प्रतिष्ठित कम्पनी सुजल डेरीले काठमाडौंस्थित गैरीधारामा रहेको होप हेरिटेज इल्डर केयरमा दिवा खाजा आयोजना गरिएको थियो ।

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

प्रतिक्रिया