जिल्ला अदालतमा पनि छिट्टै व्यवस्था हुने प्रधानन्यायाधीश श्रेष्ठको घोषणा

काठमाडौँ- उच्च अदालत र यसका इजलासहरूमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ ।
आइतबार उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले सबै उच्च अदालतहरूमा पनि मानवको हस्तक्षेपविहीन ढंगले पेसी तारेख व्यवस्थापन प्रणाली सुरु गरिएको उल्लेख गर्दै त्यसलाई न्यायिक इतिहासकै एक सुखद् क्षणको रूपमा स्मरण गरे ।
प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सफल भएको त्यो प्रविधिले उच्च अदालतमा पनि सबै सेवाग्राहीलाई बिनाभेदभाव पेसी तारेख लिन पाउने र अदालतमा पनि अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी समेत गरे । उनले सो प्रणालीसँगै पेसी तारेखका लागि अब कसैको भनसुन वा आग्रहमा हुने कुराको पनि अन्त्य भएको बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले सो प्रविधि सर्वोच्च अदालतकै सूचना प्रविधि विभागले तयार गरेकाले त्यसमा कुनै समस्या आए तत्काल समाधान हुने विश्वास व्यक्त गरे । उनले सो प्रविधिको जिल्ला अदालतमा पनि शुभारम्भ गराउनका लागि आफूले अध्ययनको कामलाई अघि बढाएको बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले अदालतका इजलासहरूलाई पनि प्रत्यक्ष प्रशारणका लागि अध्ययनको कामलाई अघि बढाएको बताए । केही समय पहिले आफूले भारतको सर्वोच्च अदालतको इजलास प्रत्यक्ष प्रशारण गरेको कुरा त्यहाँका भ्रमणका क्रममा पाएकाले नेपालमा पनि त्यसलाई लागू गराउनका लागि अध्ययनको कामलाई अघि बढाएको उनले बताए । प्रधानन्यायाधीश श्रेष्ठले कानुन व्यवसायीहरूले आफ्नो फर्मबाट मुद्दा दर्ता गर्ने प्रणालीको विकास गर्न पनि आफू लागि परेको बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयलाई प्रविधिमैत्री बनाउने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि दोहोर्याए ।

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

चितवनको इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

फर्निचर उद्योगमा आगलागी

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्…

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

प्रतिक्रिया