एनसेल खरिदकर्तालाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति ओलीको आपत्ति

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले संसदको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताएका थिए । आइतबार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उनले राज्यको खर्बौं सम्पत्ति नोक्सान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरे र
साे सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको ओलीको जिकिर थियो । उनले व्यक्तिको फाइदाका लागि राज्यको सम्पत्ति डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताए ।
त्यस्तै अध्यक्ष ओलीले डेडिकेटेड लाइनबाट विद्युत् उपयोग नगरेका उद्योगीहरूको विद्युत् काट्ने काम नगर्न पनि सरकारलाई सचेत गराए । मुलुकमा उद्योगी, व्यवसायीहरू मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाइन लिएका तर विद्युत् खपत नगरेका उद्योगीहरूको पनि विद्युत् लाइन काट्ने काम गर्न नहुने उनले बताए ।
अध्यक्ष ओलीले संवादको माध्यमबाट डेडिकेटेड लाइन लिएका उद्योगीहरूको समस्या समाधान गर्न पनि सरकारलाई सुझाव दिए ।
अध्यक्ष ओलीले तथ्य र प्रमाणको आधारमा मात्रै डेडिकेटेड लाइन लिएका उद्योगीहरूबाट विद्युत् महसुल लिन पनि सरकारलाई सचेत गराए ।

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

प्रतिक्रिया