सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले निरन्तर सुनुवाइ गर्ने भएको छ ।
आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।
सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ । आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।
आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको बताइएको छ ।
क्रिकेटर सन्दीप लामिछानेमाथि एक किशोरीलाई बलात्कार गरेको अभियोग छ ।

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

चितवनको इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

फर्निचर उद्योगमा आगलागी

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्…

प्रतिक्रिया