एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट हेटौंडा खानेपानीको महसुल तिर्न सकिने

काठमाडौँ- एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरूले मोबाइल बैंकिङ एप प्रयोग गरी हेटौंडा खानेपानीको महसुल बिनाकुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् । सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टबीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १६७ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया