बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्ष नियुक्त

काठमाडौँ : पत्रकार बालकृष्ण बस्नेत प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्यसमेत छन् । बस्नेतसँग लामो समय कान्तिपुर दैनिकमा रहेर पत्रकारिता गरेको अनुभव छ । उनी नेपाल प्रेस इन्स्टीच्यूटका १६ औँ व्याच टपर पनि हुन् । उनले कानुनको रिपोर्टिङ गर्ने क्रममा कानुनकाे औपचारिक शिक्षा लिदै कानुन व्यवसायी (अधिवक्ता) समेत हुन् ।
प्रेस काउन्सिलमा यतिबेला कार्यवाहक अध्यक्षको नेतृत्वमा थियो । वरिष्ठ पत्रकार गोपाल बुढाथोकी कार्यवहाक अध्यक्षका रुपमा कार्यरत थिए । प्रेस काउन्सिलमा यसअघि पूर्व न्यायाधीशहरुलाई लैजाने प्रचलन थियो । याे पद आफैँमा सर्वाेच्च अदालतको न्यायाधीश सरहको हो ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया