पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी : राजनीतिले मुलुकलाई पीडामात्रै दियो

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडामात्रै दिएको टिप्पणी गरेका छन् । राजनीतिलाई अनुत्पादक क्षेत्रको रूपमा चित्रण गर्दै उनले राजनीतिकै कारण देशमा बस्न सक्ने अवस्था नरहेको जिकिर समेत गरे ।
आइतबार काठमाडौँमा आयोजित ‘पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० विजेता घोषणा तथा उत्कृष्ट कथा संग्रह’ विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जर्जर भएको राजनीति वैभवशाली र साहित्यकाहरू कमजोर हुँदा नै देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्क समेत गरे । उनले देशमा राजनीतिले समस्याको समाधान दिन नसकिरहेको उल्लेख गरे ।
देशको राजनीति जर्जर र अनुत्पादक हुँदा दैनिक नेपालीहरू विदेशिने क्रम बढिरहेको पनि बताए । उनले साहित्यकारहरूले आफ्नो सृजनाको भरपूर लाभ लिन पाउनुपर्ने बताए ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः एक लाख, साठी हजार र चालिस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको हो । त्यस अवसरमा बाह्रखरी मिडियाको पाँचौँ वार्षिक संस्करणका संग्रह ‘उत्कृष्ट कथा–२०८०’ पनि विमोचन गरिएको थियो ।

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

प्रतिक्रिया