ब्रिटिश बिलिनियर राटक्लिफले किने म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत सेयर

काठमाडौँ- ब्रिटिश बिलिनियर जिम राटक्लिफले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर किनेका छन् ।
जिम राटक्लिफको कम्पनीको आइएनईओस समुहले म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर १.५९ बिलियन डलरमा किनेको हो ।
म्यानचेस्टर युनाइटेडले एक विज्ञप्ति जारी गर्दै जिम राटक्लिफले म्यानचेस्टर युनाइटेडको पूर्वाधार बनाउन थप ३०० मिलियन डलर खर्च गर्ने जानकारी दिएको छ ।
साथै म्यानचेस्टर युनाइटेडको फुटबल अप्रेसन अब जिम राटक्लिफको आइएनइओएसले सञ्चालन गर्ने सहमतिसमेत भएको बताइएको छ ।
सहमतिपछि जिम राटक्लिफले क्लबको लाइफ टाइम सपोर्टरबाट क्लबको बोर्डमा पुग्ने यस अवसरले क्लबलाई कमर्सियल रुपमा सफल बनाउने र लामो समयदेखिको ट्रफीविहीनको अवस्था हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया