सिन्धुलीमा मोटरसाइकल र बस ठोक्किँदा दुईको मृत्यु, आक्रोशित भिडले लगायो बसमा आगो

काठमाडौँ - विपी राजमार्ग अन्तर्गत सिन्धुलीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको जिल्लाको सुनकोसी गाउँपालिका ३ मा मोटरसाइकल र यात्रुवाहक बस ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
सोमबार बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।
आक्रोशित भिडले ठक्कर दिने बसमा आगजनी गरेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया