जर्मनीको बोनस्थित प्रयोगविहीन दूतावास भवन बेच्दै नेपाल सरकार

काठमाडौँ : जर्मनीको बोनमा नेपाली दुतावास रहँदाको घरसहितको सम्पत्ति बेच्ने निर्णय सरकारले गरेको छ । पछिल्लो एक दशकदेखि उक्त सम्पत्ति बिक्रि गर्ने निर्णय पटक-पटक भए पनि बिक्रि हुन सकेको छैन ।
यही सरकारले दोस्रो पटक यो निर्णय गरेको हो । यसअघि ०७६ साल पुसमा पनि सरकारले यो सम्पत्ति बिक्रि गर्ने निर्णय गरेको थियो । जेठ १० गतेको मन्त्रिपरिषद्ले नै यो निर्णय लिएको भए पनि सरकारले आज बाहिर ल्याएको हो । जर्मनीको बोनमा नेपाली दूतावास रहँदा उक्त भवनमा चान्सरी र निवास विगत २० वर्षदेखि प्रयोगविहीन छ । सरकारले सो भवन बिक्रि गर्ने निर्णय गरेको हो ।
बोनबाट बर्लिन दूतावास सरेपछि बोनको भवन यसै जिर्ण बनेको हाे । त्यसका छिमेकीहरूले समेत भवनको बारेमा गुनासो गर्ने गरेका थिए । बोनमा जर्मनीको राजधानी हुँदा त्यहाँ नेपाली दूतावासका लागि भवन बनाइएको थियो । दुई जर्मनी एकीकरण भएपछि राजधानी बर्लिन सरेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लगेका हुन् । सरकारको निर्णयमा भनिएको छ,‘नेपाल सरकारको स्वामित्त्वमा रहेको जर्मनीको बोनस्थित घर जग्गा बिक्रि गरिने छ ।’
उक्त घरजग्गा विक्रिको प्रक्रिया अघि बढाउन यस्तो निर्णय गरेको परराष्ट्र अधिकारीले बताए । बिक्रि गर्ने विषयमा जर्मनीको बर्लिन स्थित नेपाली दूतावासले यसको काम गरिरहेको छ । सरकारले दुई वर्षदेखि यसमा काम गर्दै आए पनि अझैँ निचोडमा पुगेको छैन् । यसअघि संसदको सार्वजनिक लेखा समितिले पनि सो भवन बेच्न सरकारलाई सुझाव दिएको थियो । महालेखापरीक्षकको प्रतिवेदनमा यो भवनमा अनावश्यक खर्च भएको औँल्याउने गरेको छ ।
हरेक वर्ष सार्वजनिक गरिने महालेखापरीक्षकको प्रतिवेदनमा नेपाल सरकार स्वामित्वका २ वटा घर र सो घरले चर्केको २८ सय ४६ वर्गमिटर जग्गा प्रयोगविहीन अवस्थामा रहेको उल्लेख हुन छुट्दैन । उक्त घरको पानी, पहरा र विद्युतवापत हरेक वर्ष ८ देखि १० लाख खर्च हुने गरेको छ ।
निरिक्षण र भवनको अवस्था अवलोकन भ्रमणको त खर्च नै जोडिएको छैन । यो भवन बेच्न कैयन कार्यदल नै बने । सुझाव पनि आएको तर त्यहाँ जाने राजदूतले यसमा निर्णय लिन नसकेको हो । जर्मनीमा पछिल्लो पटक परराष्ट्र मन्त्रालयका सहसचिवहरु नै राजदूतको रुपमा पुग्ने र उनीहरुले यस्तो निर्णय लिन नसक्ने हुनाले समस्या भएको परराष्ट्र अधिकारीहरूकै धारणा छ ।
बोनमा रहेको नेपालको उक्त सम्पत्ति बिक्रि गरेर युरोपमा भाडामा बसेको अन्य दूतावासलाई भवन खरिद गर्दा हुने सुझाव लेखा समितिदेखि विभिन्न कार्यदलले गर्ने गरेको छ । तर, बोनमा भएको सम्पत्ति बेच्ने कार्यअघि बढाउँदा बेलायतको भवनसमेत बेच्ने प्रक्रियाअघि बढाउने र विवादमा पर्ने गरेका थिए । यसपछि हाल बर्लिनमा नेपाली दूतावास भाडाको घरमा छ । कर्मचारी वृत्तबाट गएका अधिकांश राजदूतहरू आफ्नै भवन बनाउन खरिद गर्नतर्फ लाग्दैनन् । उनीहरू सकेसम्म महंगा भाडामा बस्न नै रुचाउँछन् । युरोपका अधिकांश दुतावासमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू नै राजदूत छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया