राष्ट्र बैंकअगाडि लुम्बिनी प्रदेशका लघुवित्तीय संस्थाविरुद्ध प्रदर्शन

भैरहवा - लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघु वित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारासहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैँक सिद्धार्थनगर अगाडि सभा गरेका छन् ।
भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको लुम्बिनी प्रदेश सम्मेलन तथा विरोध प्रदर्शन राष्ट्र बैंक अगाडि कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन विश्वकर्मा, सिखा रेग्मी, अब्दुल शाह, कोशी इन्चार्ज,रमेश सुनार, प्रदेश इन्चार्ज रोमन थापा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्षलगायतले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या गरी ज्यान गुमाएको, ऋण तिर्दा समेत बैंकहरुले कालोसूचीमा राखेको बताए ।
लघु वित्तीय संस्थाहरूले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पीडितहरुले गुनासो गरे ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया