आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

यसरी मनाइयो नेवार समुदायको य:मरी पुन्ही (फोटो फिचर)

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात यःमरी पुन्ही मनाउँदैछन् ।

‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हीको अर्थ पूर्णिमा हो । धानको विधिपूर्वक पूजाआज एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन छ ।