गाडी, व्यक्तिगत र बीमा कर्जा नतिर्दा वृन्दावन नगरपालिकाका मेयर कुर्मी कालो सूचीमा

काठमाडौँ- वृन्दावन नगरपालिका मेयर विनोद प्रसाद कुर्मी बैंकको कालो सूचीमा परेका छन् । रौतहटको चन्द्रनिगाहपुर कामना विकास बैंकको शाखा कार्यालयबाट विभिन्न समयमा उनले ऋण लिएका थिए ।
मेयर कुर्मीले समयमा ऋण नतिरेकाले कामना विकास बैँकको सिफारिसमा राष्ट्र बैँकको कर्जा सूचना केन्द्रले कालो सूचीमा राखिएको बैँकले जनाएको छ ।
उनले व्यक्तिगत कर्जा सन २०२० डिसेम्बर २ मा लिएका थिए । सवारी कर्जा सन् २०१९ डिसेम्बर २५ मा र सवारी कर्जा बीमा सन् २०२१ डिसेम्बर ५ मा ऋण लिएका थिए ।
बैँकका अनुसार कुर्मीले व्यक्तिगत कर्जास्वरुप ७० लाख १ हजार, सवारी कर्जा ३२ लाख ३५ हजार र बीमा कर्जा ५४ हजार ८०५ रूपैयाँ लिएका हुन् ।
समयमा ऋण भुक्तानी गर्न र सम्पर्क गर्दा पनि मेयरले उल्टै थर्काउने र बेवास्ता गर्ने गरेको बैँकका एक कर्मचारीले बताए ।
बैँकका अनुसार कुल रकम ८५ लाख १९ हजार ६१० रूपैयाँ तिर्न रहेको छ ।
त्यसै गरी मेयर कुर्मीलाई कालोसूचीबारे सोध्न खोज्दा फोन सम्पर्क भए पनि कुराकानी हुन सकेन । उनी गत स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया