बरियतामा आफूभन्दा जुनियरको मातहत बस्न उचित नठानेर मन्त्रीबाट हटेँ : हृदयेश त्रिपाठी
काठमाडौँ : स्वाथ्य मन्त्री हृदयेश त्रिपाठीले ‘बरियताक्रम नमिलेका कारणले आफू मन्त्रिपरिषद्मा निरन्तर रहन असमर्थ भएको’ बताएका छन् । ‘म जिल्लाबाटै फर्कदै थिए, आज मलेखु आइपुग्दा प्रधानमन्त्रीको फोन आयो’ त्रिपाठीले इकाजसँग भने, ‘प्रधानमन्त्रीले भन्नुभयो कि उनीहरु (जसपा) उपप्रधानमन्त्री नदिइकन नआउने भए । उनीहरूलाई मैले उपप्रधानमन्त्री नदिइकन भएन । राजेन्द्र महतो आउने भए, त्यसमा तपाईंको के स्थिति हुन्छ ?’
यद्यपि प्रधानमन्त्रीले रघुबीर महासेठ उपप्रधानमन्त्री हुने उल्लेख गरेका थिएनन् । मैले प्रधानमन्त्रीसँग भने, ‘बरियताक्रममा आफूभन्दा जुनियर मातहत बस्न मिल्दैन भनेँ । तर म मन्त्रालयको जिम्मेवारीमा असन्तुष्ट होेइन र भाग्न खोजेको पनि होइन, त्यो पनि महामारीका बेला । बरियता तलमाथि भएमा मलाई गाह्रो हुन्छ ।’
यस्तो छ त्रिपाठीको प्रतिक्रिया
मन्त्रिरिषद पद्धतिको मूलभूत मान्यता हुन्छ, बरियता क्रमको मान्यता राखिनुपर्छ । जो पहिला मन्त्री भएको हो, ऊ बरियता क्रममा रहन्छ । यो मन्त्रिपरिषद् गठन हुँदा जुन बरियता आयो, ती मभन्दा जुनियर नै आए । उनीहरुको मातहतमा मलाई नैतिक रुपले त्यहाँ बस्न गाह्रो भयो । क्याविनेट प्रणालीमा नैतिकताले अर्थ राख्छ । मभन्दा जुनिएर उपप्रधानमन्त्री हुन आएपछि उनीहरुको मातहतमा बस्न नैतिकताले दिएन ।
म महामारीको चुनौतीबाट भाग्न खोजेको होइनँ । मैले के-कति गर्न सकेँ, सकिनँ, मैले मूल्यांकन गर्ने विषय होइन । दोस्रो त, मेरो राजनीतिक विजय के भइसकेको थियो भने मैले एमालेसँग चुनावी तालमेल गरेको थिएँ, त्यसबेला तराई -मधेशमा दुई पार्टी थिए, उपेन्द्र यादव नेतृत्व र राजपा थिए । तिनले मलाई भक्कुमार गाली र आलोचना गरेका थिए । तर, चुनावी परिणाम आएपछि हतार गर्दै उपेन्द्र यादव त सरकारमा सामेल भए । अर्काे पक्ष जो मलाई पानी पिई पिई गाली गरिररहेको थियो, राजपा आज सरकारमा सामेल भएपछि मेरो नैतिक विजय भएको छ ।
मेरो राजनीतिक र नैतिक विजय के हो भने जुन बाटो मैले लिएको थिए, पालै–पालै दुवै आए । राजपा समूहको प्रवेशपछि मैले लिएको लाइनको विजय हो । राजनीतिक र नैतिक विजय हो । चुनौती हिसाबले भन्ने हो भने महामारीका बेला चुनौति र समस्या धेरै भए, इमान्दारिताका साथ मैले अघि बढाउन कोशिश गरेको हुँ । महामारीबाट भाग्ने मेरो विचार र इच्छा चाहिँ होइन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया