विश्वभाषा क्याम्पसमा विभिन्न भाषा अध्ययनका लागि आवेदन खुला (सूचनासहित)

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ । शैक्षिक सत्र २०८० माघ १८ गतेदेखि सञ्चालन हुने भएकाले नयाँ भर्नाका लागि आवेदन खुला गरिएको हो ।
प्रदर्शनीमार्गमा अवस्थित क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो । यीमध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरूले तोकिएको समयभित्र आवेदन फाराम भरी क्याम्पसमा प्रकाशित सूचनाअनुसार भर्ना हुनुपर्ने छ ।
इच्छुक विद्यार्थीहरूले पुस १६ देखि पुस २६ गतेभित्र फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ । त्यसैगरी अंग्रेजी लेखनबाहेक सबै भाषाका लागि एसएलसी वा एसईईमा कम्तीमा सी ग्रेड प्राप्त वा सोसरह उत्तीर्ण हुनुपर्ने छ । अंग्रेजी लेखनका लागि त्रिविबाट स्नातक वा सोसरह उत्तीर्ण भएको हुनु पर्नेछ ।

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया