आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

मन्त्रिरिषद् बिस्तार थप भद्दा मजाक मात्र : कांग्रेस

काठमाडौँ :  मन्त्रिरिषद् बिस्तारका सवाललाई नेपाली कांग्रेसले ‘संविधान र व्यवस्थामाथि प्रहारको थप मजाक मात्र’ भएको टिप्पणी टिप्पणी गरेको छ । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेपछि संविधानको ‘प्रतिकूल’ भएको टिकाटिप्पणी आएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलील संवैधानिक पद्धति, व्यवस्था र राजनीतिलाई जुन हालतमा पुर्‍याएका छन्, त्यही शृंखलाको थप मजाक मात्रै भएको बताए ।   ‘यो त केवल संविधानलाई ध्वस्त पार्ने श्रृंखलाको अर्काे मजाक हो । संविधान र संसदीय पद्धति नै समाप्त पारेपछि सरकार बिस्तारको त के टिप्पणी गर्नु ?,’ उनले भने । 

‘त्यही शृंखलाको यो थप मजाक भन्दा केही हो र ?’ खड्काले इकागजसँग भने, ‘यस्तो बिचित्र स्थिति छ, यस्तो भद्दा मजाक विश्वमै कहीँ पनि देखिँदैन । संविधानतः प्रधानमन्त्री भएको दाबीलाई लत्याउँदै अवैधानिक तवरमा प्रधानमन्त्रीलाई कायम राख्नु, संसद भंग जस्ता संघीन कामका अघिल्तिर मन्त्रिपरिषद् बिस्तारबारे के टिप्णी गर्नु । त्यहीकारण हामीले यसलाई थप मजाक मात्रै ठानेका छौँ ।’

खड्काले भने, ‘संवैधानिक मान्यतालाई पूरै लत्याइसकेपछिका मन्त्रिपरिषद् बिस्तार जस्ता विषय टिप्पणी गर्न लायक विषय हो जस्तो मलाई लाग्दैन ।’ संविधानतः अल्पमतका प्रधानमन्त्रीले विश्वासको मल लिन सक्दिनँ भने पछि राष्ट्रपतिबाटै संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन निम्ति भएको थियो ।

जहाँ १४९ जना सांसदको हस्ताक्षर प्रधानमन्त्रीको दाबी भएको थियो । राष्ट्रपति भण्डारीले आश्चर्यजनक तवरले त्यो वैधानिक दाबी लत्याउँदै प्रतिनिधि भंग गरेकी थिइन् । कांग्रेसका अन्य नेताहरूले पनि यो कार्य लोकतन्त्रको खिल्ली र भद्दा मजाक भनेका छन् ।