विस्फोट पदार्थसहित प्रतिबन्धित नेकपामा ६ कार्यकर्ता पक्राउ

लमजुङ : विस्फोटक पदार्थसहित प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको पार्टी नेकपाका ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका- ५ खिमचोक पाँचस्वाँरामा उनीहरूले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा सोमबार प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाको नेतृत्वको टोलीले घेराबन्दी गरेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला गंगादेव गाउँपालिका- २ का ४२ वर्षीय जंगबहादुर भण्डारी, लमजुङ जिल्ला, दोर्दी -७ का जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङ, मध्यनेपाल नगरपालिका- ४ -का ६२ वर्षीय नारायणबहादुर कुँवर, राइनास नगरपालिका-६ -का -३४ वर्षीय रवीन्द्र नखोला रहेको डिएसपी थापाले जानकारी दिए । उनका अनुसार समूहका कार्यकर्ता दोर्दी -७ -का २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल- १०-का २६ वर्षीय सुजन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तलाई पक्राउ गरी खाजतलासी गर्नेक्रममा उनीहरूले झोलाभित्र लुकाइराखेको विस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै पार्टीसँग सम्बन्धित कागजपत्र, नगद, ग १५ प ८१३७ नम्बर र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल सेट र सिमकार्ड पनि बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी विस्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया