क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी

काठमाडौँ - ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीलाई खेलको ८९औँ मिनेटमा नोनी माडुएकेले पेनाल्टीमा निर्णायक गोल गर्दै जित दिलाएका थिए ।
यसअघि चेल्सीका लागि खेलको १३औं मिनेटमा मिखाइलो मुड्रिकले शुरुवाती गोल गरेका थिए भने खेलको ४५औं मिनेटमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसेले बराबरी गोल गरेका थिए ।
यो चेल्सीको यस सिजनमा सातौं जित हो । यो जितपछि १९ खेलमा २५ अंकसहित चेल्सी १०औं स्थानमा रहेको छ ।
त्यस्तै क्रिस्टल प्यालेसको भने यस सिजनमा यो नवौं हार हो । यो हारपछि प्यालेसको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया