प्रधानमन्त्री कप महिला टी -२० : कोशीले सुदूरपश्चिमलाई ८ विकेटले हरायो

काठमाडौँ - जारी प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिम प्रदेशले दिएको ११९ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । यसअघि सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
यो जितसँगै कोशी प्रदेशको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ । यो जितपछि कोशी प्लेअफमा पुग्ने निश्चित भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको भने ६ खेलमा ८ अंक रहेको छ र सुदूरपश्चिमको प्लेअफको सम्भावना कायम रहेको छ ।
अब कोशी प्रदेशले लिग चरणको अन्तिम खेलमा शनिबार लुम्बिनीको सामना गर्ने छ भने सुदूरपश्चिम प्रदेशले शनिबार लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्ने छ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया