बिमस्टेकजस्ता क्षेत्रीय संगठन नेपालको आर्थिक विकासमा सहयोगी हुने

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले क्षेत्रीय मञ्चमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्ने नेपालको परराष्ट्र नीति रहेको बताएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठानले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को भावी कार्यदिशा विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुक आ-आफ्ना क्षेत्रमा सङ्गठित भएका उल्लेख गरे ।
मन्त्री साउदले भने, 'नेपाल पनि एसियामा स्थापना भएका संगठनहरूमा आबद्ध भई संवाद र सहकार्य गर्दै आएको छ । त्यसै अनुरूप नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बिमस्टेक र एसियाली सहयोग संवादजस्ता एसियाका संगठनहरूलाई उपयोग गरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आपसी सहयोग अभिवृद्धिमा सक्रिय हुँदै आएको छ ।'
भू-परिवेष्टित मुलुक एवं अल्पविकसित मुलुक नेपालले आर्थिक विकाससँग सम्बन्धित चुनौतीबाट पार पाउन बिमस्टेकजस्ता क्षेत्रीय सङ्गठनसँगको आबद्धता सहयोगी हुने बताए ।
मन्त्री साउदले बिमस्टेकलाई थप सुदृढ एवं संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रकृयाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रबुद्ध व्यक्तिहरूको समूह) गठन भएको बताए ।

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया