वेस्ट ह्यामसँग आर्सनल २-० ले

काठमाडौँ - ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
वेस्ट ह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए ।
यो वेस्ट हाम युनाइटेड यस सिजनमा १०औं जित हो । यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्ट ह्याम छैटौं स्थानमा उक्लिएको छ ।
त्यस्तै आर्सनलले भने यो हारपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । यो यस सिजनमा आर्सनलको तेस्रो हार हो । १९ खेलमा ४० अंकसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ ।
आर्सनलको हारपछि यसको फाइदा लिभरपुललाई भएको छ । लिभरपुल १९ खेलमा ४२ अंकसहित स्पष्ट २ अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया