एनआरएनएको असन्तुष्ट समूहले बोलाए अलग भेला

काठमाडौं - गैरआवासीय नेपाली संघका असन्तुष्ट समूहले अलग भेला बोलाएका छन ।
गत एनआरएनए निर्वाचनमा पराजित अध्यक्षका प्रत्यासी आरके शर्मा समूहले अलग भेला बोलाएका हुन ।
गत अगस्टमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि दाबी गर्दै आएका शर्माको समुहले कार्य विभाजनमार्फत संस्थालाई चुस्त र गतिशील बनाउने योजना बनाएको भन्दै अलग भेला बोलाएका हुन । जसअनुसार सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक आव्हान गरेका हुन ।
शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेको आरोप लगाउँदै आएका छन । परराष्ट्र मन्त्रालयले आफूहरुलाई छिट्टै न्याय दिने विश्वासमा रहेको जनाउँदै आएका शर्माले अलग भेला बोलाए पछि एनआरएनको आन्तरिक बिबाद थप चर्किने देखिएको छ ।
तर, एनआरएनए अध्यक्ष केसीको समूहले भने उक्त भेलाको वैधानिकता नरहेको जनाउँदै सो शर्माले बोलाएको बैठकमा उपस्थित नहुन निर्देशन दिएका छन् ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया