सुपरलिगको फाईनलमा आज धनगढी र ललितपुर भिड्दै

काठमाडौँ - जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदै छ ।
यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु हुने छ ।
लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
धनगढी एफसी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १(० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो ।
त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलमा पुगेको छ । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३-० ले पराजित हुदै बाहिरिएको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया