नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

काठमाडौं - नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् ।
कलेजको बोर्ड अफ डाइरेक्टरहरूको सामूहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो ।
वीरगन्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।
नवनियुक्त प्रबन्ध निर्देशक डा.अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा.राजेश किशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे ।
नव नियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाइमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताए ।
कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामूहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफू २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तर वृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे ।
‘जो जहाँ हुनुहुन्छ उहाँहरूले आ–आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गरौँ । मेरो कार्यालयको ढोका सबैको लागि खुल्ला छ । नेपाल मेडिकल कलेजलाई नयाँ उचाइमा पुर्याउन यहाँहरुको महत्वपूर्ण भूमिका रहनेछ । तपाईंहरूको सहयोग भयो भने यो कलेज राम्ररी अगाडि बढ्दै जानेछ ,’ डा. अन्सारीले भने ।
नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको जनाउँदै अन्सारीले शिक्षक, कर्मचारी, विभागीय प्रमुख र विद्यार्थीहरूसँग निरन्तर छलफल, अन्तरक्रिया गरेर सामूहिकतामा आफू अगाडि बढ्ने जनाए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया