आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

गजल

आँखामा कुर्सी ,हातमा  झण्डा ,बाटो छोड्नुस ।
मागेर दान ? लुटेर चन्दा ? बाटो छोड्नुस ।

बाटो यसरी पनि खुलाइयो धेरै पटक ।
हो तपाइँ ठीक म भन्दा ,बाटो छोड्नुस ।

म भात कमाउन हिँडेको, तपाईं  कता ? 
सबैलाई आ-आफ्नै धन्दा बाटो छोड्नुस । 

चरीको दुःख लेख्नेलाई थाहा छ कि भेट्नुछ 
कस्तो हुँदो रैछ पिँजडा बन्दा बाटो छोड्नुस ।

यी बाटोमा मूर्तिहरू कति राम्रा  राम्रा 
बन्चरो को चोट अनि रन्दा बाटो छोड्नुस ।