लेखनाथ महोत्सवमा ब्रेक फेल भएको गाडी घुस्दा गमला बेचिरहेकी महिलाको मृत्यु

पोखरा - पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ठक्करले भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको निधन भएको हो । प्रहरीका अनुसार ब्रेक फेल भएको बसले ठक्कर दिँदा उनको शनिबार बिहान निधन भएको हो ।
जारी लेखनाथ महोत्सवस्थलको गेट अघि फुटपाथमा गमला बिक्री गर्न बसिरहेको अवस्थामा उनलाई ब्रेक फेल भएको बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार सवारी ब्रेक फेल भइ दुर्घटना भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया