चन्द्र भण्डारीको प्रश्न : यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरू बढिरहेको बताए ।
नेता भण्डारीले भने, ‘अहिले समाजमा के भइरहेको छ ? हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? प्रश्न यो हो । यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ ।’
नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी
कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले किन दिए सामूहिक राजीनामा ?
रास्वपाको केन्द्रीय समिति बैठक आज

प्रतिक्रिया