पोखरामा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

काठमाडौँ- पोखरामा सडकमा गुडिरहेको बस ब्रेक फेल भई दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । बसमा सवार तीन जना घाइते भएका छन् ।
बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकस्थित सडकमा गुडिरहेको अवस्थामा अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
ब्रेक फेल भएपछि बस सडकको दायाँ किनारमा रहेको माटोको ढिस्कोमा ठक्कर खान पुगेको थियो र बसको ठक्करबाट भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको ज्यान गएको प्रहरीको भनाइ छ ।
पोखरा-२७ स्थित लेखनाथमा जारी लेखनाथ महोत्सवमा बाटा (गमला) बिक्री गर्न जाँदै गर्दा महोत्सवस्थलको गेट अगाडि उनलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करपछि घाइते भएकी उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेकजाँचका क्रममा मृत घोषणा गरिएको थियो ।
घाइते हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–८ घर भएका ३६ वर्षका रामजी गन्धर्व र उनकी श्रीमती ३० वर्षकी विष्णु गायक तथा पर्साको दिप नगरपालिका-१ की ४६ वर्षीया चिजमाया गन्धर्व रहेकी छिन् ।
उनीहरूमध्ये रामजीको बायाँ खुट्टमा, विष्णुको दायाँ हातमा र चिजमायाको दायाँ खुट्टामा चोट लागेको छ । बसमा २० जना सवार रहेकामा अन्य यात्रुको अवस्था सामान्य रहेको छ ।
घटनापछि खटिएको इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया