'यो भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टा छातीमा गोली ठोक्यो !'

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले बालकुमारी घटनामा दुई युवाले ज्यान गुमाएको प्रति सरकारको आलोचना गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमा एक पाेष्ट गर्दै भ्रष्ट राज्यले रोजगारी नदिएर उल्टै छातीमा गोली ठोकेको टिप्पणी गरेका हुन् । उनले भनेका छन्, 'यो भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टा छातीमा गोली ठोक्यो !'
उनले अङ्गप्रत्यङ्ग बिकेका भ्रष्ट राज्यले युवालाई शिक्षा, स्वास्थ्य सेवा र रोजगारी नदिएको उल्लेख गरे । बा-आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमीसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसूल गर्न अवरोध खडा गरी छातीमा गोली ठोकिदिएको उनको टिप्पणी गरेका छन् ।
'अङ्गप्रत्यङ्ग बिकेका यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन। बा-आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिशनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसूल गर्न अवरोध खडा गर्यो र छातीमा गोली ठोकिदियो,' उनले भने ।
यस्तै अध्यक्ष राउतले मृतकहरू दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया