ललितपुर एनएसएल च्याम्पियन

काठमाडौँ- ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा खेलमा धनगढी एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।
अफिज वलावालेले ३८ औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाए । तर, त्यसपछि ललितपुरका इमोह इजेकिलले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरे ।
५० औँ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै ललितपुरलाई २-१ को अग्रता दिलाए । ५८ औँ मिनेटमा इमोहले व्यक्तिगत दोस्रो गोल गरेपछि ललितपुरले ३-१ को अग्रता बनायो ।
दोस्रो हाफको इन्जुरी समयमा अहमद हिजाजीले धनगढीका लागि गोल फर्काए पनि पर्याप्त भएन ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया