'जवाफ चाहियो सरकार'
सरकारलाई रवि लामिछानेको १० प्रश्न

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न गरेका छन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डलगायत सरकारको नालायकीपनको उदाहरण भएको भन्दै यसका दोषी उम्काउने को हो भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
यस्तै आजै पार्टीको केन्द्रीय र्याट विभागले ललितपुरको बालकुमारीमा जनहत्याको विरोधमा ‘जवाफ चाहियो सरकार’ कार्यक्रम आयोजना गरेको छ । विरोधमा सहभागी नेता कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला बनाएर विभिन्न प्रश्नहरू सोधेका थिए ।
साोधिएका प्रश्नहरू:
जवाफ चाहियो सरकार
• नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ?
• ललिता निवास काण्डमा दोषी उम्काउने ?
• सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
• एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ?
• टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने ?
• वाइडबडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
• नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
• प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन ।
हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बीच सडकमा गोली हान्ने ?
आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो । यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?
आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ । पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौं ।
रास्वपा अब रोकिँदैन । यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया