नेपाललाई दश वर्षभित्र एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ : नेता कार्की

लेखनाथ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इमान्दार भएर काम गरे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सकिने धारणा राखेका छन् ।
नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले सरकारले अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउनुपर्ने बताए । उनले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताए ।
त्यस अवसरमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्यालले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेको बताउँदै मुस्लिम समुदायका महिलालाई पनि राजनीतिक क्षेत्रमा अगाडि सार्नुपर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति हाजी अब्दुल सतारले नेपाली कांग्रेसले मुस्लिम समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । साथै उनले संविधानले दिएको अधिकारसमेत मुस्लिम समुदायले उपयोग गर्नबाट वञ्चित भएको गुनासो उक्तः अवसरमा राखे । राज्यका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड थियो ।
नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्याउने सदस्यलाई सम्मान गरिएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया