कांग्रेस केन्द्रीय समिति बैठक : राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने

काठमाडौँ- नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ ।
बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि शनिबार बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताए । उनका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरू र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि बताए ।
उनले बैठकले परिवर्तन भएको महासमितिको बैठकको मिति अनुमोदन गरेको छ । त्यस्तै समुदायमा कांग्रेस भन्ने कार्यक्रमलाई माघ ७ देखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरूको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको बताए ।
त्यस्तै बैठकले सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरूलाई पनि प्रयोग गरेर चाँडो भन्दा चाँडो घरबारविहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने, सुशासनका क्षेत्रमा देखिएका केही समस्याहरूलाई केन्द्रीय समितिले उजागर गरेको र जनताले महसुस गर्ने गरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया