राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउन कांग्रेस युवा नेताहरुको सभापतिलाई ध्यानाकर्षण

काठमाडौँ - नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनमा पार्टीमा अवसर नपाएकालाई अवसर दिन ध्यानाकर्षण गराएका छन् । शनिबार १२ पूर्व केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई पार्टीको प्रतिबन्धित कालदेखि प्रजातन्त्र पुनःस्थापित भएर ३४ वर्षसम्म निरन्तर समर्पित व्यक्तिहरूलाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न ध्यानाकर्षण गराएका हुन् ।
संसदीय राजनीतिमा एकपटक पनि अवसर पाउन नसकेकाहरुमध्येबाट उम्मेदवार बनाउन उनीहरूले आग्रह गरेका छन् । साथै उनीहरूले कांग्रेसका तर्फबाट संघीय, प्रदेश र स्थानीय तहका सरकारमा सम्मिलित पार्टीका तहगत समितिका साथीहरू बीच समन्वय र सहकार्यको लागि तत्काल ठोस पहल गर्न पनि पार्टी सभापतिको ध्यानाकर्षण गराए । उनीहरूले सरकारलाई प्रभावकारी ढंगले संचालन गरि सुशासन कायम गराउन ठोस पहल गर्न आग्रहसमेत गरे ।
कांग्रेसको केन्द्रीय समिति बैठक तीन दिन चलेको थियो । उक्त बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारका काम कारबाही, समसामयिक विषयमा छलफल भएको थियो । कांग्रेसले केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया