म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र अल्भारेजको गोल

काठमाडौं - ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।
यो म्यानचेस्टर सिटीको यस सिजनमा १२औं जित हो । १९ खेलमा ४० अंक भएको म्यानचेस्टर सिटी यो जितपछि तेस्रो स्थानमा उक्लिएको छ । समान ४० अंक रहेको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ ।
त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १५औं हार हो । २० खेलमा ९ अंक रहेको शेफिल्ड अंक तालिकामा पुछारमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया