ग्लोवल गैर आवासिय नेपाली सॅघ, रास्ट्रिय समन्वय परिषदमा शेर्पा निर्वाचित

काठमाडौँ- ग्लोवल गैर आवासिय नेपाली सॅघ, रास्ट्रिय समन्वय परिषद, (ग्लोवल एनआरएनए, एनसिसी) युएईको अध्यक्षमा पाशांग शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।
डिसेम्बर २३ तारिक सम्पन्न ग्लोवल एनआरएनए युएईको अधिनेशनले २०२३-२०२५ कार्यकालको लागि शेर्पाको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको शनिवार आयोजित घोषणा सभामा जानकारी गराईएको हो ।
संस्थाको उपाध्यक्षमा हरि मोक्तान, टेकनाथ मिश्र, कृष्ण कटुवाल निर्वाचित भए भने र महासचिवमा ईश्वर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी युवा उपाध्यक्षमा थानेश्वर तिमल्सिना र महिला उपाध्यक्षमा शर्मिला तामांग निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुधिर थापाले जानकारी दिए ।
सचिवमा पदमा ओम प्रकाश शाह, बिक्रम तामाङ, रबिन्द्र अधिकारी, दिपक गुरुङ र ईन्द्रराज पौडेल रहेका छन् भने कोषाध्यक्षमा अनुप तामाङ र सह-कोषाध्यक्षमा हर्क लोप्चन, युवा संयोजक अजय शर्मा काफ्ले र महिला संयोजक निशा भुजेल निर्वाचित भए ।
सदस्यहरुमा मनोज मास्के, रमेश नेपाली, बिनोद राई, सोनाम गुरुङ र मनोज भुजेल निर्वाचित भएका छन् । आईसिसी सदस्यमा भने नर बहादुर घले चुनिएका छन् । कार्यक्रममा कुवेतमा कार्यरत ग्लोवल एनआरएनए आईसिसीका उपाध्यक्ष उमेश पुडासैनीको प्रमुख आथित्यता रहेको थियो भने साउदी अरवबाट आईसिसी सल्लाहकार धरम केसी, आईसिसी सदस्य आरसी पन्त र रोमा अधिकारीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, ईनास युएईका अध्यक्ष एमडी बोहोरा, एनसिसू कतारका अध्यक्ष सुनिल कुमार घिमिरे र महासचिव ध्रुव अधिकारी, नेपाली समाज युएईका सचिव प्रकाश दत्त बडु, नेफिन युएईका अध्यक्ष बिक्रम पन्धाक लगायत बिभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया