बुधबारसम्म राष्ट्रिय सभा उम्मेदवार सिफारिस गर्न प्रदेश समितिलाई राप्रपाको निर्देशन

काठमाडौँ- राप्रपाले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ ।
आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी बुधबार (१८ पुस) सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार पार्टी संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
‘राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बस्यो । बैठकले राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि पुस १८ गतेसम्म उमेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको छ,’ उनले भने ।
आउँदो ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया