बालकुमारी घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्छ : कांग्रेस

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले बालकुमारी घटनामा छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुई जना युवाको ज्यान जाने गरी भएको सो घटनलाई गम्भीरतापूर्वक लिई सरकारले त्यसको सत्यतथ्य पत्ता लगाउन सो समिति तत्काल गठन गर्नुपर्ने माग गरिएको बताएका हुन् । सो घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नका लागि पनि न्यायिक समिति आवश्यक भएकाले त्यसलाई तत्काल गठन गर्न पार्टी केन्द्रीय कार्य समिति बैठकले सरकारसँग माग गरेको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
त्यसैगरी बैठकले सो घटनामा परी ज्यान गुमाएका परिवारका एक जना सदस्यलाई उचित रोजगारीका व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई भनिएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले त्यस्ता घटना आगामी दिन दोहोरिन नदिन विशेष नीति अवलम्बन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया