बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित

काठमाडौँ- इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ ।
आइतबार राति भएको खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा पापे माटर सार, सन हेंग मुन र रिचार्लिशनले एक-एक गोल गरेका थिए । त्यसैगरी बोर्नमाउथका लागि एक गोल एलेक्स स्कटले गरेका थिए ।
यो यस सिजनमा टोटनह्यामको १२औँ जित हो । यो जितपछि २० खेलमा ३९ अंक भएको टोटनह्याम पाँचौँ स्थानमा रहेको छ ।
त्यस्तै बोर्नमाउथको भने १९ खेलमा २५ अंक रहेको छ र अंक तालिकामा १२औं स्थानमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया