गरिमा र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं ।- गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । यी दुवै कम्पनीले मंगलबार पुस १७ गते बुक क्लोज गर्ने भएकोले पुस १६ गते संस्थामा कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
गरिमा विकास बैंकले लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट ९.५०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा पोखरामा पुस २९ गते बिहान ११ बजे सुरु गर्नेछ ।
यसैगरी, लुम्बिनी विकास बैंकले सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया