भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति सङ्क्रमित

नयाँ दिल्ली: भारतमा कोभिड-१९ बाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिन शुक्रबारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ ।
भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुई करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् ।
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पछिल्लो एक दिनमा भारतमा कोभिडका कारण तीन हजार ३८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ ।
सङ्क्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त भएको पाइएको छ । रासस

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया