शेखरले भने: कांग्रेसलाई पुरानै लयमा फर्काउन १५ औँ महाधिवेशनको मिति तोकौँ

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनको मिति तोक्न आग्रह गरेका छन् । सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रजातन्त्र सेनानी संघले काठमाडौँमा आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलालाई सम्बाेधन गर्दै कांग्रेस यसरी अगाडि बढ्न नसक्ने उनले बताए ।
कोइरालाले बलियो कांग्रेस बनाउन समयमा महाधिवेशन गर्नुपर्ने बताएका हुन् । पार्टीलाई पुरानै अवस्थामा फर्काउन समयमै १५ औँ महाधिवेशन समयमा गर्नुपर्ने उनले धारणा राखे । कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नगरिने उनको भनाइ छ ।
कोइरालाले प्रधानमन्त्रीको रिपोर्ट कार्ड जनताले हेर्न चाहेको बताएका छन् । ‘अहिले प्रधानमन्त्रीले मन्त्रीहरूको रिपोर्ट कार्ड मागिरहनु भएको छ । तर म प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागिरहेको छु'- कोइरालाले प्रश्न गर्दै भने,’ प्रधानमन्त्रीले यो कार्यकालमा के के गर्नुभयो ? भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? ललिता निवासको मुद्दा कहाँ पुग्यो ? सुनकाण्ड कहाँ पुग्यो ?’
कोइरालाले सरकारले जनभावना अनुरूप काम गर्न नसकेको भन्दै सुशासन कायम गरेर समृद्धिको बाटोमा लैजान, भ्रष्टाचार निर्मूल गर्नुपर्ने बताए । ‘रोजगारीको अवसर सिर्जना गर्न र जनतामा आशा जगाउन कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ,’ उनले अगाडि भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया