सिके राउतको आक्रोश : मन्त्री र सांसदलाई जति बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ?

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरूलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरू कला परिषदबाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुन कुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए ।
उनले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती दिए ।
सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्न मिल्छ ? भन्दै प्रश्न गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया