गेटामा विश्वविद्यालय बनाउन तीन सय शय्याको अस्पताल चल्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

धनगढी- संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय शय्याको अस्पताल चल्नु पर्ने बताएका छन् ।
धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन कम्तीमा पनि तीन सय शय्याको अस्पताल चलेको हुनुपर्ने बताए ।
विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको हुनुपर्ने बताउँदै उनले एक सय शय्याको अस्पताल राम्रोसँग चलाएर तत्काल तीन सय शय्याको अस्पताल सुरु गर्नु पर्ने बताए ।
त्यसपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय चलाउन कुनै समस्या नहुने मन्त्री बस्नेतको भनाइ छ । मेडिकल क्षेत्रका जुनसुकै विद्यार्थीलाई पनि बिरामी चाहिने भएकाले अस्पताल चलेको हुनुपर्ने उनको धारणा छ ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बन्न सुरुमा एक सय शय्याको अस्पताल राम्रोसँग चल्नु पर्छ,’ उनले भने, ‘त्यसपछि तीन सय शय्याको अस्पताल चलाउने र त्यो राम्रोसँग चले मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन योग्य हुन्छ।’
उनले गेटामा केही थप स्वास्थ्यकर्मीको व्यस्थापन गरी उपचार सेवा सुरु गरेको बताए । गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएको हुँदा अहिले एक सय शय्याको अस्पताल चलाउन समस्या नहुने उनको भनाइ छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया