न्युक्यासलमाथि लिभरपुल ४-२ ले विजयी, लिभरपुरलाई तीन अंकको अग्रता

काठमाडौँ- इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने कार्टिस जोन्स र कोडी गाक्पोले एक-एक गोल गरेका थिए ।
त्यसैगरी न्युक्यासलका लागि एल्जान्डर इसक र सभेन बोटम्यानले एक-एक गोल गरेका थिए ।
यो यस सिजनमा लिभरपुलको १३औँ जित हो । यो जितपछि लिभरपुलको २० खेलमा ४५ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । लिभरपुलले यो जितपछि दोस्रो स्थानमा रहेको एस्टन भिल्लासँग ३ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।
त्यसैगरी न्युक्यासल युनाइटेडको भने यो यस सिजनमा नवौं हार हो । २० खेलमा २९ अंक रहेको न्युक्यासल लिगमा नवौं स्थानमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया