शाओमीले घटायो 'रेड्मी १२ सी'को मूल्य, अब कतिमा आउँछ मोबाइल ?

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अंग्रेजी नयाँ वर्षको उत्सवमा थप खुशी थप्न स्मार्टफोन 'रेड्मी १२ सी' को मूल्य घटाएको छ । आफ्ना उपभोक्ताहरूलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उदेश्यले 'रेड्मी १२ सी'मा अफर स्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ ।
'अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनका लागि 'रेड्मी १२ सी' को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौँ र हामी विश्वस्त छौँ कि 'रेड्मी १२ सी' को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ' शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने ।
मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित 'रेड्मी १२ सी'ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ ।
'रेड्मी १२ सी'मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ' उनले भने 'मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१ याच डी+ डिस्प्ले रहेको छ । फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४/७ सुरक्षित छ भनी सुनिश्चित गर्दछ' उनले भने ।
शाओमीका अनुसार 'रेड्मी १२ सी' म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी + ६४ जीबी र ६ जीबी + १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ ।
रेडमी १२ सी ४+६४ जीबी –वास्तविक मूल्य रु १४,४९९ र छुट मूल्य रु १२,९९९ रहेको शाओमीले जनाएको छ ।
रेडमी १२ सी ६+१२८ जीबी –वास्तविक मूल्य रु १६,९९९ र छुट मूल्य रु १५,९९९ रहेको छ । रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध शाओमीले जानकारी दिएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया